गौर हत्याकाण्डको विषयमा शेरबहादुर देउवा र उपेन्द्र यादवबीच संवाद

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसाप)का अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोन संवाद भएको छ । उच्च स्रोतका अनुसार दुई नेताबीच गौरहत्याकाण्डको विषयमा कुराकानी भएको छ ।

बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ । यो सहमति लगत्तै जसपाका अधयक्ष यादवले कांग्रेस सभापति देउवालाई टेलिफोन गरेका हुन् ।

जसपा अध्यक्ष यादवले सरकारको सहमतिबारे कांग्रेस सभापति जानकार रहेको वा नरहेको विषयमा चासो राखेको नेताहरु बताउँछन् । ‘यो विषयमा अध्यक्ष ज्युले चासो राख्नु स्वभाविक हो’ जसपाकै एक नेताले अनलाइनखबरसँग भने ।

यो विषयमा जसपामा नेताहरु आन्तरिक छलफलमा समेत जुटेका छन् । जसपाका कार्यकारिणी समितिका सदस्यहरुले बुधबार यस विषयमा अनौपचारिक छलफल गरेका छन् ।

एउटा निचोडमा पुगेर आवश्यक परे पार्टीको धारणा सार्वजनिक गर्ने तयारी जसपाका नेताहरुको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको शीर्ष नेताहरुको भेटमा समेत यो विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटर्वार्ता गरेका छन् ।

नेताहरुका अनुसार शीर्ष नेताहरुको भेटमा संघीय संसदमा जारी अवरोध र गौर हत्याकाण्डको विषयमा सरकारले पीडितसँग गरेको सहमतिको विषयमा छलफल भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।