आन्दोलनरत निर्माण व्यवसायीले स्कुटर चालकमाथि गरे हातपात
काठमाडौं । विगत केही दिनदेखि आन्दोलनमा रहेका निर्माण व्यवसायीहरूले स्कुटर चालकमाथि हातपात गरेका छन् ।
काठमाडौंको बिजुली बजार पुल छेउमा व्यवसायीहरूले स्कुटर चालकमाथि हातपात र अपशब्द प्रयोग गरेका हुन् ।
बीच सडकमा जाम गरेर बसेका व्यवसायीहरूलाई ती चालकले किन यसरी जनतालाई दुःख दिनुहुन्छ भनेपछि उनीहरू आक्रोशित भएका थिए ।
आक्रोशित भिडले त्यही निहुँमा उनीमाथि अपशब्द बोल्दै हातपात गरेको एक प्रत्यक्षदर्शीले बताए ।
पछि प्रहरीले स्कुटर चालकलाई छुटाएर लगेको थियो ।


