आफूमाथि आक्रमण गर्नेलाई कारबाही गरेपछि प्रेम चलाउनेले गरे शेर्पाको प्रशंसा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले नेविसंघका अध्यक्ष दुजाङ्ग शेर्पाको प्रशंसा गरेका छन् । आफूमाथि आक्रमण गर्ने योगेन्द्र रावललाई नेविसंघमा नसमेटेपछि उनले शेर्पाको कामलाई प्रशंसनीय भनेका छन् ।

नेविसंघको केन्द्रीय समितिमा नसमेटेको भन्दै रावललगायतका असन्तुष्ट समूहको विरोधलाई उनले भिजिलान्तेहरुको आन्दोलनको संज्ञा दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास घेराउ गर्ने भनेर सो समूहले धम्की दिएको भन्दै उनले योगेन्द्र रावलको काम नै धम्की दिने र आतङ्क फैल्याउने रहेको जिकिर गरेका छन् ।

चलाउनेको भनाइ जस्ताको त्यस्तै
अध्यक्ष दुजाङ्ग शेर्पाजीले केन्द्रीय समिति बिस्तार गर्दा अपराधी योगेन्द्र रावलहरूलाई नसमेटेर ठिक गर्नु भयो । यो निर्णय प्रशंसनीय छ । यसले पार्टीभित्र थुप्रै कांग्रेसजन सत्य र न्यायका पक्षधर पनि छन् भन्ने पुष्टि गर्छ । अझै गर्नुपर्ने त ती सबै अपराधीलाई साधारण सदस्यबाट समेत निष्कासन गर्नु नै हो । अनि मात्र तिनले पार्टीको ब्यानरमा अपराध र अपराधको ढाकछोप गर्न सक्दैनथे । केन्द्रीय समितिमा नपरेर योगेन्द्र रावललाई पर्नु पिर परेको छ ।

यो नितान्त योगेन्द्र रावललगायतका ज्यान मार्ने उध्धोगका अभियुक्तले आफूलाई केन्द्रीय सदस्य किन नबनाएको भनेर गरिरहेको अफिस तथा घर घेराउ भिजिलान्तेहरुको आन्दोलन हो । तिनलाई पार्टीले चिनोस्, हामी सबैले चिनौँ । आन्दोलनको नाममा उसले अहिले घर घेर्छु भनेर पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा समेतलाई भय देखाइरहेको छ । भय र आतङ्क त उसका औजार नै हुन् । उसले अहिले ती औजार केन्द्रीय सदस्य बन्नका निम्ति प्रयोग गरिरहेको छ । पूर्ब प्रधानमन्त्री र बहालवाला पार्टी सभापति जस्तो देशको सर्वोच्च पदमा आसीन सम्मानित व्यक्तित्वलाई यसरी भय देखाउन सक्नेले म एउटा निरीह शिक्षकलाई कति आतङ्कित पार्‍यो होला तपाईँ केबल अनुमान मात्र लगाउन सक्नु हुन्छ । त्रिबिमा तीन सय बयालिस दिनसम्म उसको ग्याङले ताल्चा मार्दा, अपराघीहरूका स्वर त्रिबिमा गुञ्जायमान हुँदा विश्वविद्यालय कति भय फैलियो होला ?अहिले सार्वजनिक रूपमै उसले जुन घर घेर्ने कुरा गरिरहेको छ, त्यसको पछाडि गुटगत रूपमा कुन कांग्रेसी नेताको हात छ, त्यो पनि चिनौँ । अरूलाई नानाथरिका आरोप लगाइरहँदा अभियुक्त योगेन्द्र रावलहरु कुनै नेताका चाकर, चाप्लुसबाज र गुन्डा हुन् भन्ने बिर्सन मिल्दैन ।ratopati

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।