मन्त्रीको ‘हनिमुन’ मा सेतो कोट समारोह

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पदभार सम्हालेको एक सय दिन पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा सरकारी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई औपचारिक पोशाकसहित अनिवार्य उपस्थित गराउन मन्त्रालयले अस्पताल प्रशासनहरूलाई निर्देशन गरेको खुलेको छ ।

मन्त्रीको ‘हनिमुन’ अवधि पूरा भएको उपलक्ष्यमा सेतो कोट दिवस कार्यक्रम आयोजना गरिएको छ । भोलि शुक्रबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन भएको भन्दै अस्पतालहरूले परिपत्र गरेका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवा प्रवाहमा असर नपर्ने गरी एप्रोन तथा सरकारी पोशाकमा अनिवार्य उपस्थित हुन परिपत्र गरिएको हो । यस्तो प्रचलन पञ्चायतकालमा राजाको सवारीमा समेत नहुने कर्मचारीहरू बताउँछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।