महानगरको डोजरले कपन क्षेत्रमा तनाब, गगन थापाको मध्यस्थतामा बूढानीलकण्ठमा वार्ता

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको कपन खोलामा डोजर चलाउने विषयलाई लिएर विवाद भएको छ । बूढानीलकण्ठ तर्फका जनप्रतिनिधि र स्थानीयको विरोधपछि अहिले वार्ता शुरू भएको छ ।

काठमाडौं ४ का सांसद एवं कांग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा वार्ता चलिरहेको छ । यसअघि प्रहरी प्रभाग कपनमा भएको छलफल निष्कर्षमा पुग्न सकेको थिएन ।

वर्षातको समयमा बाढीले समस्या उत्पन्न गरेपछि काठमाडौं महानगरले खोला खन्न भन्दै बिहीवार बिहानदेखि डोजर परिचालन गरेको थियो । स्थानीयको विरोधपछि सम्भावित झडप रोक्न प्रहरीले डोजरको चाबी खोसेर लगेको छ ।

काठमाडौं महानगरको ६ र ७ तथा बूढानीलकण्ठको ९, १० र ११ वडाको सीमा रहेको खोला अतिक्रमण भएपछि हरेक वर्ष बाढीको समस्या आउने गरेको छ । खोला अतिक्रमण गरेर बाटो बनाइएको भन्दै महानगरले खोलामाथि राखिएको स्ल्याब भत्काउन लागेको हो ।

महानगरको टोली भने कुनै पनि हालतमा खोलामा डोजर चलाउने अडानमा छ । वार्तामा काठमाडौं महानगरका प्रतिनिधि सहभागी छन् । दलबलसहित महानगरको डोजर पुगेपछि सम्भावित झडप रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।