अध्यक्ष ओली – जातजातिका नाममा घृणा र फाटो ल्याइयो भने हाम्रो देश जोगिँदैन

काठमाडौं, २५ श्रावण । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातजातिका नाममा घृणा र फाटो ल्याउन सफल भइयो भने देश नजोगिने बताएका छन्।

बिहीबार २९औं विश्व आदिवासी दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘यदि कुनै पनि हिसाबले हामीलाई जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीच विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ। त्यतिबेला हाम्रो देश जोगिँदैन। जोगाउन सकिँदैन।’ यस्तो उनले राष्ट्रिय एकताले मात्रै देशको रक्षा र विकास हुने बताए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।