तीन नयाँ अनुहार समेट्दै नेपालको टोली घोषणा

काठमाडौं – नेपालले तीन नयाँ अनुहार समेट्दै यसै महिना अन्तिममा मलेसियामा हुने आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको लागि अन्तिम टोली घोषणा गरेको छ । नेपालले तीन युवा खेलाडी पुजा महतो, रुवी पोदार र खुशी डंगोललाई पहिलो पटक नेपाली महिला टोलीमा समेटेको छ ।

भारतको दिल्लीमा क्रिकेट सिकेर नेपाल आएकी पुजा ब्याटिङ अलराउन्डर हुन् । उनले मध्यक्रममा राम्रो प्रदर्शन गर्ने गर्दछिन् । रुवी युवा विकेटकिपर ब्याटर हुन् ।

खुशी डंगोल लेग स्पिनर हुन् । पुजाले नेपालमा घरेलु क्रिकेट खेलेकी छैनिन् । तर प्रशिक्षणमा राम्रो प्रभाव छाडेपछि सिनियर टोलीमा परेकी हुन् । रुविले सुदुरपश्चिम र खुशीले बागमतीबाट घरेलु क्रिकेट खेल्नेछिन् ।

नेपालले टोलीमा अन्य खासै परिवर्तन गरेको छैन । आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोट मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् ।

समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

नेपालको टोली :

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।