सीआईबीको ‘अपरेसन चार्ली फक्सट्रोट’ : पक्राउ पर्ने डाक्टरको संख्या पाँच पुग्यो
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा पक्राउ पर्ने चिकित्सकको संख्या पाँच पुगेको छ ।
सीआईबीले डा. रामबाबु यादव, डा. एरिना यादवलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्ने डाक्टरको संख्या पाँच पुगेको हो ।
यसअघि आजै कांग्रेसका सांसद डा. सुनील शर्मासहित डा. रञ्जितकुमार यावद र डा. अमृत चौधरलाई सीआईबीले पक्राउ गरेको थियो ।
सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’अन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।


