महिला विश्वकप फुटबलमा क्वाटरफाइनल खेल आजदेखि सुरु

एजेन्सी । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको फिफा महिला विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल सुरु भएका छन् ।

पहिलो खेलमा दुई युरोपेली राष्ट्र स्पेन र नेदरल्याण्ड्स खेल्दैछन् । यो खेल न्युजिल्याण्डको वेलिङ्टन रिजनल स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ७ बजे सुरु भएको छ ।

स्पेनले अन्तिम १६ मा युरोपकै स्वlट्जरल्याण्डलाई तथा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएर क्वाटरफाइनल पुगेका हुन् ।

यस्तै दोस्रो क्वाटरफाइनल खेल एसियन राष्ट्र जापान र युरोपियन राष्ट्र स्वीडेनबीच हुनेछ । यो खेल एडेन पार्ककमा न]पाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा क्वाटरफाइनल खेल्ने टिममध्ये जापान मात्रै पूर्वविजेता हो ।

यस्तै शनिबार सहआयोजक अष्ट्रेलियाले फ्रान्स तथा इंग्ल्याण्डले कोलम्बियासँग क्वाटरफाइनल खेल्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।