रोनाल्डो बने इन्स्टाग्राममा ६० करोड फलोअर हुने पहिलो व्यक्ति

एजेन्सी । अल नासर फुटबल क्लब तथा पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो इन्स्टाग्राममा ६० करोड फलोअर हुने पहिलो व्यक्ति बनेका छन् । गत वर्ष नोभेम्बरमा ५० करोड फलोअरको रेकर्ड बनाएका रोनाल्डोले नौ महिनाको अवधिका १० करोड फलोअर बढाएर नयाँ रेकर्ड राखेका हुन् ।

उनलाई पछ्याउँदै अर्जेन्टिनाका फुटबलर लिओनल मेस्सी दोस्रो स्थानमा छन् । मेस्सीको इन्स्टाग्राम अकाउन्टमा हाल ४८ करोड २० लाख बढी फलोअर रहेका छन् । त्यस्तै ४२ करोड ७० लाख फलोअरका साथ अमेरिकी गायिका सेलेना गोमेज तेस्रो स्थानमा छन् ।

फेसबुकमा पनि रोनाल्डो सर्वाधिक बढी फलोअर हुने व्यक्ति हुन् । उनको पेजमा १६ करोड ३० लाख बढी फलिअर रहेका छन् । त्यस्तै एक्समा १० करोड ९१ लाख फलोअरका साथ सर्वाधिक फलोअर हुने व्यक्तिको चौंथो स्थानमा पर्छन् ।

फेसबुक, इन्स्टाग्राम र एक्समा गरी रोनाल्डोका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममा कूल ८७ करोड २१ लाख बढी फलोअर रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।