प्रचण्ड–माधव एक ठाउँमा रहन सक्दैनन्, एमालेमा पनि ठुलो विस्फोट हुनेवाला छ : मैनाली

काठमाडौँ । पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मिलेर समाजवादी केन्द्र नबन्ने जिकिर गरेका छन् ।

प्रचण्ड र माधव मिलेर पुँजीवादी चरित्रको पार्टी बने पनि समाजवादी पार्टी बन्न नसक्ने उनले जिकिर गरेका हुन् । उनले यी दुवै नेता पदबिना बस्न नसक्ने नेता भएको आरोप लगाउँदै मैनालीले पार्टी बने पनि आलोपालो अध्यक्ष बन्न हानथाप हुने बताए ।

‘प्रचण्ड र माधव मिलेर समाजवादी पार्टी बन्दैबन्दैन । पुँजीवादी चरित्रको पार्टी बन्ला । यी दुवैले नेतृत्व छाड्दैनन् । आलोपालो नेतृत्वमा जान्छन् । यी नै कारणले समाजवादीको स्वरूप सुदृढ पार्टीको बन्दैन’, रातोपाटीसँगको कुराकानीमा उनले भने ।

अहिले सबै पार्टीका नेताहरूमा विचलन आएकोले जनआक्रोश बढ्दै गएको उनको बुझाइ छ । परम्परागत पार्टी भनिएका कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति जनताको अनास्था तीव्र भएकाले यी नै नेताहरूलाई पजनी गरेर पार्टी नबन्ने जिकिर गरे ।

‘परम्परागत पार्टी भनिएका कांग्रेस, एमाले, माओवादी, समाजवादी पार्टीप्रति जनआक्रोश छ । चरम निराशा छ । यसलाई दलीय आक्रोशभन्दा पनि नेताप्रतिको अनास्था हो । यी नै नेताहरूलाई पजनी गरेर जुनसुकै दल बनाए पनि हुँदैन’, उनले भने, ‘नयाँ विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नभएपछि आम जनता र मतदाताको आकर्षण बढ्दैन । न प्रचण्ड–माधवको भविष्य छ न समाजवादी मोर्चाको छ ।’

एमालेमा झनै विचलन तीव्र गतिमा आएको उनले टिप्पणी गरे । पछिल्लो समय एमालेभित्र निराशा थेगिनसक्नु भएको र कुन बेला विस्फोट हुन्छ थाहा नभएको टिप्पणी गरे ।

‘एमालेभित्र नेता तथा कार्यकर्तामा निराशा थेगिनसक्नुको छ । कतिबेला विस्फोट हुने हो थाहा छैन । पार्टी सदस्य सङ्ख्या पनि घटेको छ । यसले सबै दलमाथि जनताको निराशा छ । यसको अर्थ नेताहरू गलत बाटोमा लागेका छन् । पुराना नेतृत्वले छाडेर नयाँ विचार, दृष्टिकोणसहित युवाहरूलाई नेतृत्व दिए केही होला । यी नै नेताहरूबाट ऊर्जा आउँदैन’, उनले भने ।

सबै पार्टीका नेता तथा कार्यकर्ता अवसरको खोजीमा रहेको आरोप लगाउँदै उनीहरूको व्यवस्थापन नभएसम्म पार्टी गठन र विघटनको क्रम जारी रहने उनको भनाइ छ । ratopati

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।