संसद् अवरुद्ध भएको दिनको तलव भत्ता फिर्ताको माग गर्दै सभामुखलाई रास्वपाको निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीले अवरुद्ध भएको प्रतिनिधिसभा बैठकको सेवा सुविधा नलिने घोषणा गरेको छ ।​​रास्वपाका सभापति एवं दलका नेता रवि लामिछाने सभामुख देवराज घिमिरेलाई अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने जानकारी गराउँदै पत्र लेखेका हुन् ।

‘जनताको सार्वभौम संसद् यसरी अवरुद्ध भइरहँदा जनताका मुद्दा, दिनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको छ । तसर्थ, सम्माननीय सभामुख महोदयलाई हाम्रो पार्टी जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिनुहुन र सबै जिम्मेवार राजनीतिक पार्टीहरूलाई यसतर्फ सजग गराइदिनुहुन विनम्र अनुरोध गर्दछ’ रास्वाले सभामुखलाई गरेको आग्रहमा भनिएको छ, ‘पुनश्चः राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुख मार्फत प्रतिबद्धता जाहेर गर्दछ । साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ ।’

साथै रास्वपाले बैठक संचालन गर्ने वातावरणको लागि पहल गरिदिन पनि सभामुखसँग आग्रह गरेको छ । ‘प्रतिनिधिसभाको जारी अधिवेशनमा सरकारले अनुसन्धान गरिरहेको अवैध सुन काण्डका सवालमा प्रमुख प्रतिपक्ष दलले उच्चस्तरीय छानबिन समितिको माग गरेर सदन अवरुद्ध गरिरहेको र सत्तापक्षले सो प्रकृयामा जान अस्वीकार गरी विगत लामो समयदेखि जनताको सार्वभौम सदन अवरुद्ध छ ।

जनताको सार्वभौम संसद् यसरी अवरुद्ध भइरहँदा जनताका मुद्दा, दिनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको छ । तसर्थ, सम्माननीय सभामुख महोदयलाई हाम्रो पार्टी जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिनुहुन र सबै जिम्मेवार राजनीतिक पार्टीहरूलाई यसतर्फ सजग गराइदिनुहुन विनम्र अनुरोध गर्दछ ।’रास्वपाले भनेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖