चन्द्र भण्डारी – सुनिल शर्मामाथि प्रतिशोध साँधियो

कांग्रेस सांसद चन्द भण्डारीले पार्टीका सांसद सुनिल शर्मालाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताएका छन् ।
बानेश्वरमा शुरू भएको संसदीय दलको बैठकमा केहीबेर बसेर बाहिरिने क्रममा भण्डारीले धेरै विकृति भएको देशमा नचाहिने विषयमा राज्यले प्रतिशोध साँध्न नहुने बताएका हुन् ।

‘यस अघि पनि उठेर स्थगित भएको विषयमा अहिले सुनिल शर्मालाई पक्राउ गरिनु प्रतिशोध हो’ भण्डारीले भने, ‘देशमा भ्रष्टाचार, अनियमितता र यतिधेरै समस्या भइरहेको बेला प्रतिशोधका नाममा समय खेर फाल्नु हुँदैन । यो गलत छ ।’

कांग्रेसको संसदीय दलको बैठकले शर्मा पक्राउबारे पार्टी धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । सांसद शर्मा शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा बिहीवार पक्राउ परेका हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।