कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयोः कृषिमन्त्री भुसाल

२६ साउन, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन् ।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् । उनले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए ।

मन्त्री भुसालले तराई मधेसमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानहरुलाई बाढीले पुर्‍याएको क्षतिले थप समस्या बनाएको बताए । उनले बाढीले किसानहरुलाई पुर्‍याएको क्षतिको लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको पनि बताए ।

मन्त्री भुसालले कृषि क्षेत्रको विकासमा सिंचाईको समस्या देखिएको बताउँदै यसमा सुधारको लागि सिंचाई मन्त्रालयसँग समन्वय गरी सिंचाईको समस्या समाधान गर्ने बताए ।

मन्त्री भुसालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य संकट आउन सक्ने अवस्था रहेको बताए । उहाँले नेपाल सरकारले खाद्यसंकट आउन दिनको लागि सरकार सचेत रहेको बताए ।

मन्त्री भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरुसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने बताए । उनले पार्टी अध्यक्षको ललिता निवास जग्गा प्रकरणमा संलग्नताका विषयमा सत्यता नरहेको बताए । उनले यस विषयमा गठबन्धनले छलफल गरेर निकास निकाल्ने बताए।

मन्त्री भुसालले पार्टीमा जीवन्त रूपमा छलफल हुने गरेको कारणले यसलाई लिएर पार्टीमा कुनैपनि प्रकारले समस्या नआएको बताए ।

उनले पाटीमा आउने जाने हुने गरेको कारणले केही व्यक्ति जाँदैमा पाटीको गतिशिलतामा कमी नआउने बताउनु भयो । उनले एमालेबाट समेत आफ्नो पार्टीमा आउनेहरु बढेको जिकिर गरे ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।