पाकिस्तानी क्रिकेट टोलीसँग कस्तो व्यवहार गरिनेछ ? भारतको विदेश मन्त्रालयले जवाफ दियो

काठमाडौं । भारतमा आयोजना हुने आईसीसी विश्वकपमा पाकिस्तानी टोलीको सहभागिताबारे सोधिएको प्रश्नको जवाफमा परराष्ट्र मन्त्रालयले पाकिस्तानी टोलीप्रति भारतको व्यवहार अन्य टोलीसँग जस्तै हुने बताएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘हामीले भारतमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकपमा पाकिस्तानी टोली सहभागी हुने खबर देखेका छौं । पाकिस्तानी टोलीसँग भारतको व्यवहार अन्य टोलीसँग जस्तै हुनेछ।’

सुरक्षाको सवालमा उनले भने, “जहाँसम्म सुरक्षाको सवाल छ, यो प्रश्न सुरक्षा निकायसँग सम्बन्धित छ, अन्य टोलीले पाउने सबै आवश्यक सुरक्षा उनीहरूलाई पनि दिइनेछ भन्ने मेरो विश्वास छ।”

अगस्ट ६ मा पाकिस्तान सरकारले आफ्नो टोलीलाई २०२३ को विश्वकप खेल्न भारत जान अनुमति दिएको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले आफ्नो टोलीको सुरक्षालाई लिएर चिन्तित रहेको र आईसीसी र भारतीय अधिकारीहरूसँग यो चिन्ता उठाउने बताएको थियो।

विश्वकप अक्टोबर ५ बाट सुरु हुँदैछ र २०१९ को फाइनलमा पुगेका इंग्ल्यान्ड र न्युजिल्यान्ड अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ जहाँ फाइनल खेल नोभेम्बर १९ मा हुनेछ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।