महिला विश्वकपको फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र अस्ट्रेलिया भिड्ने

काठमाडौं । फिफा महिला विश्वकपको फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र अस्ट्रेलिया भिड्ने भएका छन् ।

शनिबार भएको क्वार्टरफाइनलमा इंग्ल्यान्डले कोलम्बियालाई २–१ ले हराउँदै अन्तिम–४ मा स्थान बनायो । त्योसँगै फाइनल प्रवेशका लागि घरेलु टिम अस्ट्रेलियालाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

इंग्ल्यान्डको जितमा लौरेन हेम्प र एलेसिया रुसोले समान एक गोल गरे । कोलम्बियाकी लेइसी सान्टोसले गोल फर्काए पनि टिमको हार टार्न सकिनन् ।

खेलमा कोलम्बियाले सुरुआती बनाएको थियो । ४४औँ मिनेटमा सान्टोसले गरेको गोलबाट कोलम्बियाले अग्रता लिएको थियो । तर, यो लामो समय टिक्न सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा हेम्पले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काएकी थिइन् । ६३औँ मिनेटमा रुसोले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाएकी थिइन् ।

इंग्ल्यान्डले आउँदो बुधबार फाइनल प्रवेशका लागि अस्ट्रेलियासँग खेल्नेछ ।
अस्ट्रेलियाले पनि शनिबारै भएको क्वार्टरफाइनलमा फ्रान्सलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । अस्ट्रेलियाले फ्रान्सलाई ‘सडन डेथ’मा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीबाट निर्णय लिइएको थियो ।

योसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबारै हुने अर्को सेमिफाइनलमा स्पेनले स्वीडेनसित प्रतिस्पर्धा गर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।