देउवा पनि जिन्दावाद, घरमा गएर खुट्टा ढोग्छु :सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल शर्माले भोलि संसदमा बोल्न नदिए आफूले विद्रोह गर्ने बताएका छन् । पार्टीको संसदीय दल बैठकमा वर्तमान सरकारलाई बिदा गरेर शेरबहादुरलाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिए ।

‘हामी लार्जेस्ट पार्टी हौं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर अगाडि जानुपर्छ भन्ने सीधा कुरा छ । दायाँ बायाँ कुरै छैन । नेताहरुले भित्र र बाहिरको परिस्थिति र विविध कुरा हेर्नु हुन्छ, तर ढिलो चाँडो त्यहीँ जान्छ’, उनले संसदीय दलको बैठकबाट बाहिरिँदै भने ।

थुनामुक्त भएपछि केपी ओली जिन्दावाद भनेको तर देउवाको नाम नलिएको विषयमा पत्रकारले उनलाई सोधेका थिए ।

त्यसको जवाफमा ‘त्यतिबेला म अलि टेन्सनमा पनि थिएँ । पार्टीको सभापतिलाई मुर्दावाद भनेको सुन्नुभयो र ? म उहाँलाई घरमा गएर खुट्टा ढोगेर भेट्छु भनेर भनिरहेको छु । शेरबहादुर देउवालाई जिन्दावाद भन्न पैसा तिर्नुपर्छ र ? हाम्रा सबै नेता जिन्दावाद नै हो । व्यक्तिमा नजाउँ ।’

उनले भोलिको संसद बैठकमा आफूले निर्धक्क कुरा राख्ने शर्माले बताए ।

‘गृहमन्त्रीको राजीनामा मेरो बटमलाइन हो । भोलि मलाई संसदमा बोल्न दिइएन भने म विद्रोह गर्छु । यो कुरा आज मैले बैठकमा पनि राखेको छु’, शर्माले भने ।

शर्माले यो सरकारलाई आतंककारी संज्ञा दिए ।

‘मैले बैठकमा पनि यो यो सरकार आतंककारी हो भनेँ । मलाई सरकारमा भएको फिल भएको छैन । बालकृष्ण खाणलाई आरोप लगाउना साथ हत्कडी लगाएर थुनिहाल्नुपर्ने । उहाँहरुको २३४ पटक कल गर्दा पनि किन पक्राउ गरिएको छैन ? यी गृहमन्त्रीले उत्तर कोरियाजस्तो आतंककारी व्यवस्था लागू गरिरहेका छन् । उनले राजीनामा दिनुपर्छ । यो सरकार टिक्दैन । कति घण्टा कति दिन भन्ने मात्र हो, गृहमन्त्रीले राजीनामा गर्नुपर्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।