रोनाल्डोको हातमा १२ करोडको घडी

एजेन्सी । समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो । पोर्चुगलका ३८ वर्षीय यी स्ट्राइकरले विश्वका चर्चित क्लबहरुबाट ब्यवसायिक फुटबल खेलेर आफ्नो उत्कृष्टता सिद्ध गरिसकेका छन् । पोर्चुगलको स्पोर्टिङ सीपीको सिनियर टोलीबाट ब्यवसायीक खेलजीवनमा ‘डेब्यू’ गरेका रोनाल्डोले त्यसयता इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबहरुबाट आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । उनले लामो समय म्यानचेस्टर युनाइटेडबाट खेले ।

त्यसपछि उनी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भए । नौ वर्ष रियल म्याड्रिडमा बस्दा उनले क्लबलाई थुप्रै महत्वपूर्ण सफलता दिलाए । रियल म्याड्रिडमा लामो समय बिताएपछि उनी इटालियन क्लब युभेन्ट्सतिर लागे । तीन वर्ष युभेन्ट्समा बिताएर उनी फेरि म्यानचेस्टर युनाइटेड फर्किए । अहिले उनी साउदी अरेबियाको क्लब अल—नासरमा आबद्ध छन् । साउदी लिग खेल्न उनी कीर्तिमानी रकममा अल-नासरमा आबद्ध भएका हुन् ।

यतिबेला उनी साउदी लिगका सबैभन्दा प्रभावशाली खेलाडी हुन् । साउदी अरेबियामा उनको जीवन शैली पनि भब्य छ । उनको हरेक सुविधामा साउदी सरकारले विशेष ध्यान पुर्‍याएको छ । उनी विश्व खेलकुदकै सर्वाधिक कमाउने खेलाडीको सूचिमा पनि अग्रस्थानमा पर्छन् । उनले हालै साउदीस्थित आफ्नो निवासको कौशीमा बसेर कुनै तातो पेय पदार्थ पिउँदै गरेको तस्बिर सार्वजनिक गरे । उनले आफ्नो उक्त तस्बिर सामाजिक सञ्जाल ईन्स्टाग्राममार्फत सार्वजनिक गरेका थिए । तस्बिरमा उनले बायाँ हातले मग समातेको देखिन्छ ।

रोनाल्डोको त्यो तस्बिर सार्वजनिक भएपछि अरु कुराले भन्दा पनि उनले आफ्नो बायाँ हातमा लगाएको घडीले धेरैको ध्यान तान्यो । सामान्यजस्तै देखिए पनि रोनाल्डोले लगाएको त्यो नाडी घडी मूल्यको हिसाबले निकै विशेष थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार, रोनाल्डोले लगाएको निलो रङको घडी बनाउन सुनको प्रयोग गरिएको छ । त्यो घडी ‘ज्याकोब एन्ड को’ कम्पनीले तयार पारेको हो । उक्त घडीको मूल्य सात लाख ५० हजार ब्रिटिस पाउण्ड (करिब १२ करोड ६५ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।