माओवादीमा महराको सुन प्रकरणबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरासँग सुन प्रकरणबारे कुरा उठेको छ । पार्टीबाट मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पदाधिकारी बैठकमा महरासँग जोडिएको सुन प्रकरणबारे छलफल भएको हो ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिएको छ । तर, प्रधानमन्त्री र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरामाथि छानबिन नगरेको भन्दै चौतर्फी आलोचना भएपछि बालुवाटार बैठकमा कुरा उठेको हो ।

बैठकले उपाध्यक्ष महरालाई बाहिर उठेको प्रश्नबारे प्रष्ट पार्न भनेको एक पदाधिकारीले बताए । तर, महराले आफ्नो संलग्नता नरहेको भन्दै पटक पटक प्रष्टीकरण दिइसकेका छन् ।

त्यसो त बैठकमा गृहमन्त्री श्रेष्ठले पनि छानबिनको क्रममा पार्टीभित्रकै जोसुकै भएपनि दोषी देखिए कारबाहीबाट पछि नहट्ने बताएका छन् ।

सचिव दिनानाथ शर्माले भने, ‘गृहमन्त्रीले अहिले खोलिएका फाइलको निष्पक्ष छानबिन गर्नको लागि निर्देशन दिएको छु । त्यहीँ अनुसार दोषी देखिए कारबाही हुन्छ भनेर सार्वजनिक रूपमै राख्द‌ आउनुभएको छ । त्यहीअनुसार कुरा राख्नुभएको हो ।’

उनले सरकारले अघि सारेको भ्रष्टाचारका फाइल टुंगोमा पुर्याउने दाबी गरे । तर, प्रधानमन्त्री र गृहमन्त्रीले पार्टीको नेताहरूलाई जोगाएर अन्य पार्टीका नेताहरूमाथि टार्गेट बनाएको आरोप छ । शुक्रबारदेखि जारी कांग्रेसको बैठकमा पनि यसको नेताहरूले प्रश्न उठाइरहेका छन् ।

तर, हालै बसेको माओवादी केन्द्रीय समितिको बैठकमा पनि सरकारले अघि सारेको भ्रष्टाचारविरोधी अभियानले जनतामा आशा बढेको भन्दै सबैमाथि छानबिन गरेर निष्कर्षमा पुर्याउनुपर्ने नेतृत्वमाथि नेताहरूले दबाब बढाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।