विश्वकपमा छनोट हुन नसकेको टिमसँग भारत हारेको भन्दै पूर्व क्रिकेटर आक्रोशित

काठमाडौं । वेस्ट इन्डिजसँगको पाँचौं टी–२० खेलमा भारत ८ विकेटले पराजित भएको छ । योसँगै वेस्ट इन्डिजले सात वर्षपछि टी–२० सिरिज जितेको छ ।

टी–२० सिरिजमा पराजयपछि भारतका पूर्व बलर वेंकटेश प्रसादले फेरि एकपटक टिम इन्डियाको आलोचना गरेका छन् ।

उनले एक्स (ट्विटर) मा लेखेका छन्, “भारतको टो-२० र एकसिवसीयमा प्रदर्शन केही समयदेखि सामान्य रहेको छ। भारत केही महिनाअघि टी-२० विश्वकपमा छनोट हुन नसकेको टोली वेस्ट इन्डिजसँग पराजित भएको छ। हामीले बंगलादेशसँगको एकदिवसीय सिरिज पनि हार्‍यौं। मलाई आशा छ कि टोलीले मूर्ख बयान गर्नुको सट्टा आत्मपरीक्षण गर्नेछ।”

“५० ओभर मात्र होइन, वेस्ट इन्डिज गत अक्टोबर–नोभेम्बरमा भएको टी–२० विश्वकपका लागि छनोट हुन पनि असफल भयो । भारतले खराब प्रदर्शन गरेर मुद्दा ढाकछोप गरेको देख्दा दुःख लाग्छ। भारतमा रन बनाउने भोक देखिदैन ।”

वेस्ट इन्डिजको टोलीले भारतविरुद्धको पाँच खेलको टी–२० सिरिजको अन्तिम खेल ८ विकेटले जित्दै सिरिज ३–२ ले जितेको छ ।

पाँचौं टी-२० खेलमा वेस्ट इन्डिजलाई भारतीय टोलीले १६६ रनको लक्ष्य दिएको थियो, जुन १८ ओभरमा दुई विकेटको क्षतिमा पुरा गरेको थियो ।

टोलीका लागि ब्रान्डन किङले अविजित ८५ रन बनाए । सोही क्रममा निकोलस पुरनले ४७ रनको इनिङ्स खेलेका थिए । १६६ रनको लक्ष्य पछ्याउन थालेको वेस्ट इन्डिजको टोलीको यो खेलमा राम्रो सुरुवात हुन सकेन ।

ब्रान्डन किङ र निकोलस पूरनले मिलेर पहिलो ६ ओभरमा १ विकेट गुमाएर टोलीको स्कोर ६१ मा पुर्याएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।