विष्णु रिमालले खुलाए एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्नुको कारण

काठमाडौं, ३० साउन । नेकपा (एमाले) उपमहासचिव विष्णु रिमालले सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका छन् । आफ्नो दलले उच्चस्तरीय छानबिन समितिको माग गर्नुको कारण खुलाउँदै उनले देशको प्रतिष्ठा जोगाउनको लागि पनि आफूहरुले उच्चस्तरीय छानबिन समितिको माग गरेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्–‘हाम्रो माग यति मात्र हो कि यो गोल्ड स्मगलिंग रकेटिङलाई जराबाट नै अन्त्य गर्नको लागि उच्चस्तरीय समितिको आवश्यकता छ । कुनै टालटुले कारवाही र ढाकछोप गरेर उम्किन खोज्ने वा वास्तविक अपराधिलाई उक्काउने होइन ।’

उनले लेखेका छन्–

उच्चस्तरीय न्यायिक छानविन समितिको आवश्यकता किन ?
नेपालको भूमि र एयरपोर्ट प्रयोग भई सुनको गैरकानुनी ओसारपसार भइरहेको प्रारम्भिक रिपोर्ट अनुसार प्रष्ट देखिन्छ। केही रिपोर्टहरुका अनुसार बर्षेनी क्विन्टलमा नभएर टनमै वार्षिक रुपमा सुन तस्करी भएको देखिन्छ । अन्तर्राष्ट्रिय कालाबजारीहरु नै यस्तो कारोबारमा संलग्न छन् भन्ने देखिन्छ। जव दुबै छिमेकी देशको भूमि प्रयोग गरेर टनका टन सुन एउटा देशबाट अर्को देशमा पठाईन्छ भने यसलाई अन्तर्राष्ट्रिय प्रकृतिको अपराधका रुपमा लिनै पर्छ । नत्र यसले देशको छवि र विश्वसनीयतामा अन्तर्राष्ट्रिय रुपमा ठूलो प्रश्न उठ्छ । अझ पछिल्लो समय राज्यको वैधानिक राजश्व किन उठिरहेको छैन भन्ने कुरा पनि यो प्रकरणसँग जोडिन पुग्छ । अबैध कारोवार हुने भएपछि राज्यको वैधानिक राजश्वस र भन्सार घट्नु स्वाभाविक हो । त्यसैले यो देशलाई समाप्त पार्ने डरलाग्दो अपराध हो । यस्तो कुरा पक्कै पनि माथिल्लो तहको संलग्नता बिना साधारण कर्मचारी वा भरिया ड्राइभरबाट सम्भव छैन । विभिन्न छापाहरुमा सीआइबीको हवाला दिंदै समाचारहरुमा कल डिटेल्सका रिपोर्टहरु प्रष्ट आएका छन् । तर, सरकार यसलाई ढाकछोप गर्न विषयलाई अन्यत्र मोड्न खोजिरहेको छ । हाम्रो माग यति मात्र हो कि यो गोल्ड स्मगलिंग रकेटिङलाई जराबाट नै अन्त्य गर्नको लागि उच्चस्तरीय समितिको आवश्यकता छ । कुनै टालटुले कारवाही र ढाकछोप गरेर उम्किन खोज्ने वा वास्तविक अपराधिलाई उक्काउने होइन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖