आफुहरु नेविसंघ केन्द्रीय समितिमा नरहेको एलिजा ढकाल र मुकेश घिमिरेको घोषणा

काठमाडौ । नेविसंघ केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्।

गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्य नेविसंघ गठन गर्दा ढकाल र घिमिरेलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
तर उनीहरूले नेविसंघ केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका छन्।

मंगलबार विज्ञप्ति निकालेर उनीहरूले ‘नेविसंघको सुन्दर भविष्यको कामना गर्दै यस समितिमा नरहेको घोषणा गर्न चाहन्छौँ’ भनेका हुन्।

उनीहरूले काम गर्न कुनै औपचारिक पदमा बसिराख्नु नपर्नेसमेत उल्लेख गरेका छन्।

नेविसंघ समावेशी नभएकोमा पनि विरोध भइरहेको छ। असन्तुष्ट पक्षले विधानअनुसार १५१ सदस्यीय नेविसंघ गठन गर्न पनि माग गरिरहेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।