सिंहदरबार र बागदरबारबीच ‘आइसब्रेक’- प्रधानमन्त्रीसँगको छलफलमा बालेनले उठाए दुई मुद्दा

काठमाडौं । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा छलफल गरेका छन् ।

सरकारका केही मन्त्रीहरुसमेत सहभागी उक्त छलफल काठमाडौंको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा केन्द्रित थियो ।

स्रोतका अनुसार हालै मात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरुलाई समेत बोलाएर बैठक राखेका हुन् । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरुको सहभागीता थियो ।

काठमार्डौंका विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेका सुकुम्बासीहरुलाई हटाउन महानगरले प्रयास गर्दै आएको छ । तर, महानगरको प्रयासमा गृहलगायतका मन्त्रालय सहयोग र समन्वय नगरेको गुनासो महानगर प्रमुख शाहले गर्दै आएका छन् ।

आजको बैठकमा उनले यस विषयमा व्रिफिङ गरेका थिए । यसैगरी तीनकुनेमा पार्क निर्माणका लागि अधिग्रहण गरिएको २४ रोपनी जग्गाको मुआब्जा वितरण नभएको विषयमा पनि उनले प्रधानमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण गराए ।

दुवै विषयलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएर सकारात्मक जवाफ दिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए ।

‘छलफल अत्यन्त सौहार्दपूर्ण र सकारात्मक भयो । विधि र प्रक्रिया पुर्याएर सुकुम्वासी समस्या समाधान गर्नेमा प्रधानमन्त्रीसहित सबैको साझा धारणा रहेको छ । तीनकुनेको समसया पनि चाँडै समाधान गर्ने प्रतिवद्धता सरकारका तर्फबाट व्यक्त गरिएको छ’, अधिकारीले भने ।

बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी थिए । वैठक करिब डेढ घन्टा चलेको थियो ।

यसअघि प्रधानमन्त्रीले फोहोर व्यवस्थापनका सम्वन्धमा छलफल गर्न बोलाएको बैठकमा बालेन अनुपस्थित भएका थिए । उनले गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोह पनि बहिष्कार गरेका थिए । आजको बैठकपछि सिंहदरबार र बागदरबारबीच दूरी घट्ने अपेक्षा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।