५५ वर्षदेखि मुर्राबाट नश्ल सुधार

काठमाडौँ । भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ । नेपालको पशु विकास कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा २०२५ सालमा मुर्रा जातका ११६ भैँसी र ५८ राँगा ल्याइएका थिए ।

तीमध्ये ललितपुरको खुमलटार फार्ममा ३६ वटा, चितवनको रामपुर फार्ममा ४४ वटा तथा विराटनगरको तराई फार्ममा ३६ वटा भैँसी राखिएका थिए । राँगामध्ये तीन वटा कृषि फार्मका लागि दुई दुई वटा र बाँकी विभिन्न ग्राम पञ्चायतमा पठाइएका थिए ।

२०२५ साल भदौ १४ र २५ गते गोरखापत्रमा यसबारेमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा ‘श्री ५ को सरकार, पशु पालन विभाग तथा पशु चिकित्सा सेवाको आवश्यकता अनुसार भारत सरकारको अतिरिक्त सहयोग अन्तर्गत जम्मा रु ४.६० लाखको लागतमा ती पशुहरू किनिएका तथा वितरण गरिएको छ’ भनी उल्लेख छ । भैँसीको सालाखाला मूल्य करिब दुई हजार सात सय रुपियाँ परेको र प्रतिदिन सालाखाला १२.५–१९.५ केजी दुध दिने समाचारमा उल्लेख छ ।

राँगा र भैँसी किन्न दुई अधिकृत तथा भारतीय सहयोग मिसनका एक अधिकृतको टोलीले भारतको हरियाणा, पन्जाब र दिल्लीमा चार महिना बिताएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।