मेस्सीको गोलवर्षा जारी, मियामी फाइनलमा

मियामी । लियोनेल मेस्सीले गोल वर्षा जारी राख्दा इन्टर मियामीले फिलाडेल्फियालाई हराउँदै लिग्स कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा मियामी ४–१ गोलले विजयी बनेको हो ।

खेलको तेस्रो मिनेटमा नै जोसेफ मार्टिनेजले मियामीलाई अग्रता दिलाएका थिए । २० औँ मिनेटमा ३६ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै मेस्सीले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा जोर्डी अल्बाले मियामीका लागि तेस्रो गोल गरे ।

दोस्रो हाफको ७३ औँ मिनेटमा अलेहान्द्रो बेडोयाले फिलाडेल्फियाका लागि एक गोल फर्काए पनि ८४ औँ मिनेटमा डेभिड रुइजले मियामीका लागि चौथो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । योसँगै टोली शनिबार हुने फाइनल खेलमा प्रवेश गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।