संकटमा जोगाएकाले केपी ओली जिन्दावाद भनेको हुँ,भेट्न पनि गएको हुँ :सुनिल शर्मा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले आफुलाई फसाउन र कमजोर बनाउन पार्टीभित्रकै एउटा तप्का लागि परेको आरोप लगाएका छन् ।

बुधबार गृहजिल्ला मोरङको पथरिशनिश्चरेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् । उनले पार्टीमा रहेका इमान्दार नेता बालकृष्ण खाँणलाई जस्तैगरि आफुलाई पनि फसाउन खेल धइरहेको दाबी गरे ।

शर्माले आफुलाई वर्तमान सरकारले शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा पुरानो फाइल पल्टाएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको बताए । उनले त्यस्तो संकटपूर्ण अवस्थामा साथ दिएको कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेलाई धन्यवाद दिएको र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्न गएको प्रष्टीकरण दिए ।

उनले आफूमाथि अन्याय हुँदा आफ्नै पार्टीका कतिपय जिम्मेवार व्यक्ति मौन बसेको गुनासो पनि गरे । ‘अनुमान लगाउनुस्, तपाईँलाई तपाईका बुबाले मार्न भनेर घाँटीमा न्याकेर पोखरीमा डुबाए, तर त्यतिबेला सँधै झगडा गरिरहने छिमेकी आएर तपाईँलाई बचायो भने पोखरीबाट निस्किएपछि मार्न खोज्ने बुबालाई अङ्गालो मार्नुहुन्छ की उद्धार गर्नेलाई मार्नुहुन्छ ? ,’ प्रश्न गर्दै सांसद शर्माले भने, ‘सङ्कटमा जसले बचायो त्यसलाई पहिले अङ्गालो मारिन्छ, हो मैले पनि त्यही कारण केपी ओली जिन्दावाद भनेको हुँ,उनलाई भेट्न पनि गएको हुँ ।’

सांसद शर्मा गत बिहबार शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा पक्राउ परेका थिए । तर,जिल्ला अदालत काठमाडौंले उनलाई थुना वाहिरनै राखेर अनुसन्धान गर्न आदेश दिएपछि शुक्रबार नै रिहाइ भएका थिए ।

गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो सुन प्रकरणलाई लिएर संसद्मा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेपछि चर्चामा आएका शर्मा त्यतिनै बेला सीआइबीको फन्दामा परेपछि नेकपा एमालेले आपत्ति जनाएको थियो संसद्मै एमाले सांसद ज्वालाकुमारी साहले तत्काल रिहाइ गर्न माग गरेकी थिइन् । अदालतले रिहा गर्न आदेश दिएपछि शर्माले एमाले अध्यक्ष ओलीसँग भेटेका थिए । उक्त भेटवार्तालाई लिएर राजनीतिक वृतमा निक्कै चर्चा र आलोचना भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।