एमाले सडकमा जान तयार छ : महेश बस्नेत

काठमाडौं, ३१ साउन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सत्ताको फल खाने लोभमा जनताका आवाज बुलन्द गर्न छाडेको आरोप लगाएका छन् ।

‘सबै दललाई सत्ताको सेरोफेरोमा घुमाइरहने प्रचण्डको तिकडममा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका सानातिना दलहरु फसेको स्थिति छ । त्यसैले उनीहरु संसद्लाई जनताको आवाज बुलन्द गर्नेभन्दा थलो बनाउने होइन, सत्ताको फल खान पाउने लोभ ज्यादा छ । त्यसैले प्रचण्डले उपेन्द्र यादव र माधवकुमार नेपाल बिच्किए राप्रपाको एउटा समूह र रास्वपालाई सरकारमा ल्याउने भनेर चारो फालिरहेका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

नेता बस्नेतले भ्रष्टाचारको छानबिनको हल्लाखल्ला गरिरहेको सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार किन भएन भन्ने प्रश्न गरे । उनले भने, ‘हामीले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति बनाऊँ र अरु पनि भ्रष्टाचारको फाइल खोलौं भन्दा सत्तापक्ष तयार भएको छैन । प्रचण्डलाई भ्रष्टाचारको फाइल खोल्दा फरक पार्टीका नेताहरुलाई फसाउन सकिन्छ भन्ने थियो । तर अहिले माओवादीकै नेताहरूको नाम आइरहेको छ । पाकिस्तानी मोडलमा गएर प्रतिशोध, आग्रह र निषेधको राजनीति अब धेरै दिन टिक्दैन । कांग्रेसको संसदीय दलमा पनि उच्चस्तरीय छानबिन समितिको कुरा उठेको छ । चोरको खुट्टा काट् भन्दा सत्तापक्ष किन किन खुट्टा उचालिरहेको छ ? न्यायिक समिति एमालेको बटमलाइन नै हो ।’ त्यसमा वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरुसम्मलाई अनुसन्धानको घेरामा राख्नुपर्ने उनको जिकिर छ ।

नेकपा एमाले अब सडकमा जाने चेतावनी पनि उनले दिए । बस्नेतले भने, ‘प्रतिपक्षका तीन विकल्प हुन्छन् । पहिलो, आफ्ना जायज माग वार्ताद्वारा पूरा गर्ने । तर सरकारले एमालेलाई निषेध गर् यो । दोस्रो, सदनमा आफ्ना माग प्रभावकारी रुपमा राख्ने । त्यो वातावरण पनि सत्तापक्षले दिएन । अब सडकमा जाने तेस्रो विकल्प बाँकी छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।