मछिन्द्र एएफसी कप छनोटबाटै बाहिरियो

काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसी एएफसी कपको छनोट चरणबाटै बाहिरिएको छ ।

छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार भारतको आइएसएल क्लब मोहन बगान सुपर जायन्ट्ससँग ३-१ ले पराजित हुँदै मछिन्द्र बाहिरिएको छ ।

मोहन बगानको जितमा अनवर अलीले दुई तथा जासोन कमिङ्सले एक गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल फर्काए ।

गत साता घरेलु मैदानमा भएको पहिलो खेलमा भुटानको पारोलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको मछिन्द्र उच्च आम्तबलका साथ कोलकता पुगेको थियो ।

कोलकतास्थित साल्ट लेक स्टेडियममा भएको खेलमा ३९औं मिनेटमा अनवर अलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको मछिन्द्रले ५९औं मिनेटमा दोस्रो गोल खायो । जासोन कमिङ्सले गोल गर्दै मोहन बगानको अग्रता दोब्बर पारे ।

७७औं मिनेटमा मेसुले फ्रिकिकमा सानदार गोल गरेपछि मछिन्द्रले खेलमा फर्कने प्रयास गरेको थियो । तर सफल हुन सकेन । ८५औं मिनेटमा अनवर अलीले व्यक्तिगत दोस्रो गोल गर्दै मोहन बगानको अग्रता ३-१ बनाए । त्यही अग्रता कायम राख्दै मोहन बगानले प्लेअफको यात्रा तय गरेको छ ।

एएफसी कपको समूह चरण पुग्नका लागि मोहन बगानले अब प्लेअफमा बंगलादेशी क्लब ढाका अबहानीसँग खेल्नेछ । अबहानीले बुधबारै माल्दिभ्सको क्लब इगल्सलाई हराएर प्लेअफमा स्थान बनाएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।