म्यानचेस्टर सिटीले जित्यो युइएफए सुपर कपको उपाधि

काठमाडौँ । म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै पहिलो पटक युइएफए सुपर कपको उपाधि जितेको हो ।

निर्धारित समयमा १-१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलको २५औ मिनेटमा योउसेफ नेसयरीको गोलमा अग्रता लिएको सेभियाले खेलको ६३औ मिनेटमा गोल खाएपछि खेल बराबरी भएको थियो । सिटीका लागि कोल पाल्मरले गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा सेभियाले आफ्नो पाँचौं पेनाल्टी मिस गरेपछि सिटीले खेलका साथै उपाधि जितेको थियो ।

युइएफए सुपर कप गत सिजनमा च्याम्पियन्स लिग र युरोपा लिग विजेताबीच खेलिन्छ । यो उपाधि अहिलेसम्म सबैभन्दा बढी ५-५ पटक बार्सिलोना, रियल म्याड्रिड र एसी मिलानले जितेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।