ओलीको अभिव्यक्तिलाई लिएर गठबन्धनको गम्भीर चासो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीको अभिव्यक्तिलाई लिएर बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा गम्भीर समीक्षा भएको छ ।

सुन प्रकरणलाई लिएर एमालेले संसद्को गतिरोध जारी राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बोलाएका थिए । सो बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रममन्त्री शरदसिंह भण्डारी सहभागी थिए ।

गठबन्धन दलबाट कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित जसपा र लोसपाका शीर्ष नेताहरू पनि सहभागी थिए । बिहान ९ बजेदेखि झण्डै दुई घण्टा बसेको बैठकमा संसद्को गतिरोध अन्त्यका लागि विभिन्न कोणबाट छलफल भएको सहभागी एक नेताले बताए ।

सुन प्रकरणलाई लिएर एमालेले संसदमा गलत अभ्यास गरिरहेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले गतिरोध अन्त्यका लागि नेताहरूसँग सल्लाह, सुझाव मागेका थिए । ओलीको अभिव्यक्ति सामान्य रूपमा लिन नसक्ने खालको रहेको उनले बताएका थिए ।

‘ओलीजीले हिजो पनि सबैलाई झस्काउने गरी फ्याट्ट बोल्नु भयो । मैले संसद् विघटन गरेको ठीक थियो, त्यो प्रधानमन्त्रीको अधिकार हो भनेर भन्नुभयो । उहाँले संसदलाई देखिसक्नु भएको छैन । वास्तविकता के हो ? यसमा उहाँको अभिव्यक्तिलाई सामान्य रूपमा लिन सकिँदैन’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

ओलीको अभिव्यक्ति र संसदमा जारी एमालेको अवरोधलाई लिएर पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपाललगायत नेताहरूले पनि गम्भीर चासो व्यक्त गरेको थिए । सुन प्रकरणलाई लिएर सरकारको निकायमाथि अविश्वास गरी लामो समय संसद् अवरोध गर्नु ठीक नभएको उनीहरूको भनाइ थियो ।

सरकारको निकायमाथि नै अविश्वास गर्दा संसदीय प्रणाली र लोकतन्त्र नै कमजोर हुनेमा उनीहरूले चिन्ता व्यक्त गरेका थिए । तिनले आपसी संवादबाट संसद्को गतिरोध हटाउनका लागि पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

सरकारको निकायलाई विश्वास नै नगर्ने हो भने भोलि सबै निकाय काम नलाग्ने निष्कर्ष बैठकले निकालेको छ । संसद् अवरोध सुन प्रकरणमात्र हो वा अन्य राजनीतिक प्रकरण हो भन्नेमा नेताहरूले चासो व्यक्त गरे । संसद्को अवरोध हटाउनका लागि एमालेसँग छलफल गर्ने निर्णय गर्दै बैठक सकिएको थियो ।

संसद्को गतिरोध, सुशासनको नाममा सरकारले चालेको पछिल्लो कदमबाट सत्ता गठबन्धन दलहरूभित्रै अविश्वास चुलिएपछि सोमबार प्रधानमन्त्रीले बैठक बोलाएका थिए । त्यस बैठकमा वर्तमान गठबन्धन कायमै राखी अगाडि बढ्ने निर्णय भएको थियो ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित डा बाबुराम भट्टराईमाथि अनुसन्धान अगाडि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको आदेशपछि सिआइबीले पूर्वप्रधानमन्त्रीद्वयको बयान लिने तयारी गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।