कोसी प्रदेशको सभामुख राप्रपाले लिँदैन : महामन्त्री राणा

काठमाडौं, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले उच्चस्तरीय न्यायिक छानबिन समिति बनाएर संसद् खोल्नुपर्ने औंल्याएका छन् ।

‘उच्चस्तरीय संलग्नताबिना यति ठूलो सुन तस्करी काण्ड हुन सक्दैन । एमाले वा राष्ट्रिय स्वतन्त्र पार्टीले के भन्छन्, हामीले त्यही भन्नुपर्छ भन्ने छैन । सही कुरालाई साथ दिनु भन्नु आर्टनर पार्टनरको कुरा पनि होइन । हामी हरेक इस्युमा समयको माग अनुसार अघि बढ्नुपर्छ । यसमा बदमासी गरिएको छ, कारबाही हुनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

महामन्त्री राणाले उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन तयार नहुनु नै गडबडीको संकेत भएको बताए । उनले भने, ‘यतिका दिनसम्म न्यायिक समिति नबनाउनु आफ्नै मान्छे जेल जाला, आफैं फसिएला भनेर हो कि ? नत्र उच्चस्तरीय न्यायिक समिति बनाउन के आपत्ति ? त्यो के ठूलो कुरा हो र ?’

सांसद राणाले सीआईबी सरकार अन्तर्गतको निकाय भएकाले उसले स्वतन्त्र छानबिन गर्न नसक्ने तर्क गरे । उनले भने, ‘सुन काण्डको सीआईबीले पनि छानबिन गरोस् । तर त्यसलाई चलाउने त सरकारले नै हो नि । सुनकाण्डमा सरकारका मान्छे नै संलग्न भएपछि त्यसले कसरी काम गर्छ ? संसद् चल्नुपर्छ तर यति ठूलो सुन तस्करी हुँदा पनि विपक्षको कुरा सुन्न सरकार तयार हुनुपर्छ ।’

कोसी प्रदेशमा राप्रपाले सभामुख पद नलिने पनि राणाले बताए । उनले भने, ‘हामी अहिले कुनै पनि पद लिने पक्षमा छैनौं । हामी अहिले सरकार बाहिरै बस्ने योजनामा छौं । कुनै पनि फोहोरी खेलमा संलग्न हुँदैनौं ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध गुट खडा नभएको पनि उनको दाबी छ । राणाले भने, ‘यो मिडियाले बंग्याएको कुरा मात्र हो । लोकेन्द्रबहादुर चन्द हाम्रो संस्थापक अध्यक्ष हो । उहाँले बोलाएको बैठकमा हामी गएका हौं । चन्दले अध्यक्षसँग पनि कुरा गर्नुहुन्छ । पार्टीभित्र त्यस्तो कुनै समस्या छैन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।