साउदी अरबमा रोनाल्डो आवद्ध हँदा उनलाई धेरै उडाएको नेमारको भनाई

काठमाडौं । साउदी अरबको प्रो लिग फुटबलमा विश्वका स्टार खेलाडीहरुको आकर्षण क्रिस्टियानो रोनाल्डोले सुरु गरेको नेमारले बताएका छन् । प्रो लिग क्लब अल हिलालमा आबद्ध भएपछि नेमारले रोनाल्डोको प्रशंसा गर्दै धेरैले उनलाई उडाएको पनि उल्लेख गरेका छन् ।

‘मलाई लाग्छ की यो सबै (प्रो लिगमा स्टार खेलाडीहरुको आबद्धता) क्रिस्टियानो रोनाल्डोले सुरु गरेका हुन् र उनको त्यस निर्णयलाई लिएर रोनाल्डोलाई क्रेजी, यो त्यो पनि भनिएको थियो’, अल हिलालको अफिसियल च्यानलसँग कुराकानी गर्दै नेमारले भनेका छन् ।

हालसम्म कुनै ठुला व्यक्तिगत अवार्ड जित्न नसकेका नेमारले यसै साता फ्रान्सको युरोपियन च्याम्पियन्स लिग दावेदार पेरिस सेन्ट जर्मन-पीएसजी छाडेर अल हिलालमा आबद्ध भएका थिए । पीएसजीमा ५ वर्ष रहेका नेमारले त्यहाँ च्याम्पियन्स लिग भने जित्न सकेका थिएनन् । ३१ वर्षीय नेमारले हालसम्म बेलन डीअर र फिफा वर्ष खेलाडीजस्ता विश्व चर्चित अवार्डहरु हात पार्न सकेका छैनन् ।

गत सिजन रोनाल्डो अल नासरमा आबद्ध भएपछि साउदी प्रो लिगमा विश्वका चर्चित खेलाडीहरु एकपछि अर्को आबद्ध भइरहेका छन्। फिरमिनो, सेडियो माने, करिम बेन्जेमा जस्ता थुप्रै खेलाडीहरु साउदी अरब पुगेका छन् । लियोनल मेस्सी र केलियन एमबाप्पेलाई भित्र्याउने प्रयाश गरेको अल हिलाल त्यो असफल भएपछि नेमारमा केन्द्रित भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।