देशमा परिवर्तनको घन्टी बज्नुपर्छ : सभापति लामिछाने

फिक्कल (इलाम) : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकपटक आफूहरुलाई अवसर दिन आग्रह गर्नुभएको छ । इलामको फिक्कल चोकबजारमा आयोजित पार्टीको खुला जनसभा सभापति लामिछानेले आगामी २०८४ मा हुने निर्वाचनमा विजयी गराइ एक पटक अवसर दिन आग्रह गर्नुभयो ।

“काम गर्न सकेनौँ भने यो क्षेत्र घन्टी निषेधित बनोस्”, उहाँले भन्नुभयो, “इलाममा अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन, कृषि, उद्योग, शिक्षा, सडक हरेक क्षेत्रको विकास हुनसकेको छैन ।”

उहाँले आफूहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए सुन तस्करी, ललिता निवासलगायतका प्रकरणबारे छानबिन गर्ने दाबी समेत गर्नुभयो । रास्वपाको उदयबाट आत्तिएकाले आफूहरूविरुद्ध हमला गरिरहेको उहाँको भनाइ छ ।

“हामीलाई सिद्धान्तविहीन पार्टी भन्दै खेदो खन्ने गरेका छन्”, उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा, घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह नै हाम्रो सिद्धान्त हो ।” उहाँले शान्त विद्रोह गरेर आगामी निर्वाचनमा रास्वपालाई विजयी बनाउन आग्रह समेत गर्नुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।