सरकारी कारखानामा समाचार बनाएर मेरो परिवारको चरित्रहत्या गरियो, कानूनी कारबाहीमा जान्छौं : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा भन्नेसँग आफ्नो परिवारलाई जोडेर सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशन गरिएको भन्दै कानूनी कारबाहीमा जाने चेतावनी दिएका छन् ।

पोखरेलले शुक्रबार वक्तव्य जारी गर्दै पत्रकारिताको सामान्य मर्यादा पनि नराखी एक अनलाइन सञ्चारमध्यमले नियोजितरूपमा आफ्नो परिवारलाई जोडेर शतप्रतिशत झुटो समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएका हुन् ।

पोखरेलले वक्तव्यमा भनेका छन्, ‘माओवादीको लगानी रहेको त्यस विवादित अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ । यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो ।’

पोखरेलले आफ्नो परिवारको संलग्नता पुष्टि गर्न चुनौती दिँदै यस्ता कुराबाट भ्रमित नहुन आग्रह गरेका छन् । पोखरेलले यसबारेमा आजै कानूनी कारबाही अगाडि बढाउने बताएका छन् ।-नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।