पूर्वकप्तान मल्ल ब्राण्ड एम्बेसडर नियुक्त

मल्ल लण्डनमा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा नेपाली युवा व्यवसायीद्वारा सञ्चालित ‘माया सपोर्टेड लिभिंग लिमिटेड’का लागि मल्ल ब्राण्ड एम्बासडर नियुक्त भएका हुन् । कम्पनीका निर्देशक एवम् क्रिकेटर राज पाण्डे र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सन् २०१८ मा स्थापना भएको ‘माया सपोर्टेड लिभिंग लिमिटेड’ले शारीरिक रुपमा अपाङ्गता भएका तथा मानसिक रोगबाट पीडित व्यक्तिहरूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा प्रदान गर्दै आएको छ । कम्पनीमा हाल करिब तीन दर्जन कर्मचारी रहेका र तीमध्ये झन्डै दुई दर्जन नेपालीहरू कार्यरत छन् । जसमध्ये कतिपय क्रिकेट क्लबमा समेत आबद्ध रहेका छन् ।

खेलकुदको माध्यमबाट बेलायतवासी नेपाली समुदायमा केही गर्ने उद्देश्यले मल्ललाई आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको र यसबाट क्रिकेट खेल क्षेत्रमा थप प्रोत्साहन मिल्ने निर्देशक पाण्डेको धारणा छ । नेपाली क्रिकेट खेलमा मल्लले पुर्‍याएको योगदानको कदर गर्दै हामीले उहाँसँग सहकार्य गरेका छौँ, यसबाट क्रिकेट खेलले थप फड्को मार्नेछ, पाण्डेले भने ।

भर्खरै सम्पन्न ब्रिटिश नेप्लिज प्रिमिएर लिग (बिएनपीएल) क्रिकेट प्रतियोगिताका साथै अन्य विभिन्न नेपाली समुदायमा आफूले सहयोग गर्दै आएको र भावी दिनमा आफ्नो सहयोग निरन्तर रहिरहने पाण्डेले बताए ।

‘माया सपोर्टेड लिभिंग लिमिटेड’को ब्राण्ड एम्बेसडर बनेर संस्थागत रुपमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै बेलायती नेपाली समुदायसँग सहकार्य गर्ने अवसर प्रदान गरेकोमा मल्लले माया सपोर्टेड लिभिंग कम्पनीलाई धन्यबाद दिए । कम्पनीका निर्देशक राज पाण्डेले क्रिकेट खेलको लागि गरेको मिहिनेत र सहयोग अत्यन्त सह्रानीय छ, उहाँसँगको सहकार्यले क्रिकेट खेल अझ बढी अघि बढ्ने आशा एवम् विश्वास गरेको छु मल्लले भने । शारीरिक अशक्त तथा मानसिक रोगबाट पीडितहरूका लागि सेवा र सहयोग पुर्याउंदै आएको यस कम्पनीले नेपालमा पनि यस्तै किसिमको सेवा र सहयोग गर्ने प्रयास गरेमा अझ बढी प्रभावकारी हुने उनले बताए ।

कम्पनीकी अप्रेसन हेड रक्षा थापाले कम्पनीको बारेमा उल्लेख गर्दै खेलकुदको माध्यमबाट फिजिकल र मेन्टल हेल्थको लागि ठुलो फाइदा पुग्ने बताइन् । आफ्नो कम्पनीमा पनि बेलाबखत स्पोर्ट्स एक्टिभिटीज् गर्दै आएको र आफ्ना स्टाफहरुसमेत क्रिकेट प्रतियोगितामा सहभागी हुँदै आएकोले हाम्रो सहकार्यले यसमा थप सहयोग पुग्ने उनले बताइन् ।

कार्यक्रममा एसिस्टेन्ट म्यानेजर पूजा हाइर, हाउस म्यानेजर आशिस भट्ट, अफिस एडमिन आंचल तिमल्सिना, ट्रेनी म्यानेजर प्रज्ञा आचार्यलगायतको सहभागिता थियो ।

सोही अवसरमा मल्ललाई कम्पनीको लोगो अङ्कित टिशर्ट प्रदान गरिएको थियो । पाण्डेलाई पनि मल्लले क्यानको लोगो अङ्कित टोपी प्रदान गरे ।

अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिए लगत्तै मल्ल लन्डन आएका मल्ल बेलायतमा नेपाली समुदायद्वारा आयोजना गरिएको ब्रिटिस नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगितामा विशेष अतिथिका रूपमा सहभागी भए । यसैगरी बेलायतको मिडल्यान्डमा बर्सेनि हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिगको प्रमुख अतिथिको रूपमा सहभागी भए ।

नेपाली दूतावास लन्डन पुगेर बेलायतका लागि नेपाली राजदूत यसका साथै उनले ज्ञानचन्द्र आचार्य लगायत दूतावासका कर्मचारीसँग भेटेर क्रिकेट खेललाई सहयोग गर्न आग्रह गरे । क्रिकेट खेललाई बेलायती नेपालीलगायत विदेशी टिममा समेत सहभागी गराउन विभिन्न पहल गर्दै आएका छन् ।

नेपाल फर्किने तयारीमा रहेका मल्लले केहि समय पारिवारिक गतिविधिमा संलग्न रहने बताए । अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएपनि आफूले क्रिकेटलाई निरन्तर सहयोग गर्ने बताएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।