यसरी प्रचण्ड र माधव नेपालमाथि खनिए एमाले महासचिव शंकर पोखरेल

काठमाडौं, १ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको बामपन्थी आन्दोलनलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालका कारण ठूलो क्षति पुगेको बताएका छन् । नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बिहीबार माओवादीका कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै महासचिव पोखरेलले कम्युनिष्ट पार्टी विभाजन गरी आन्दोलनलाई क्षति पुर्याउने काममा कार्यकर्ता दोषी नरहेको बताएका छन् ।

महासचिव पोखरेलले नेपाली समाजलाई अगाडि बढाउन बलिया राजनीतिक दलहरूको आवश्यकता रहेका वताउँदै त्यो भनेको नीतिका आधारमा देशको नेतृत्व गर्न सक्ने बलियो राजनीतिक दल हो भने ।
धेरै राजनीतिक दलका कारण बलियो सरकार बनाउन नसकिएको चर्चा गर्दै महासचिव पोखरेलले धेरै राजनीतिक दल हुनु भनेको जनमतको विभाजन हो र यो राज्यलाई कमजोर पार्ने आधार हो पनि भने ।

उनले भने,‘जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक विचलल, जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक अस्थिरता, जति धेरै राजनीतिक दल त्यति धेरै बैदेशिक हस्तक्षेप भन्ने कुरा हामीले बुझ्नुपर्छ । ‘अहिले हामीले भोगिरहेको पीडा यही हो’, उहाँले मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, दोस्रो बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने र त्यो आवश्यकता पूरा गर्न सक्ने पार्टी नेकपा (एमाले) मात्रै हो भन्नुभयो ।’

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली समाजलाई गहिरोसँग बुझ्नसक्ने नेता भएको चर्चा गरे । उनले भने–‘उहाँले आफूलाई विकास र समृद्धिको योजनाकारको रूपमा उभ्याउनु भएको छ ।’ उनले नेकपा माओवादी केन्द्र पहिलो संविधानसभा निर्वाचनमा करीब ३० प्रतिशत मतसहित पहिलो दलका रूपमा आएको स्मरण गर्दै दोस्रो संविधानसभामा पुग्दा ओरालो लागेर करीब २३ प्रतिशत र गत मंसिर–४ को निर्वाचनमा माओवादीको मत करीब ११ प्रतिशतको हाराहारीमा झरेको यथार्थ सुनाउँदै त्यो दलको भविष्य नरहेको विष्लेषण प्रस्तुत गरे ।

उनले भने,‘माओवादीका अहिलेका गतिविधिका कारण आउँदो निर्वाचनमा त्यो दल अझ कमजोर भएर जानेछ, मुलुकको बलियो शक्तिका रूपमा स्थापित हुने सम्भावना छैन ।’ उनले अहिलेको सरकार वैधानिक अर्थतन्त्रलाई कमजोर र अवैधानिक अर्थतन्त्रलाई बलियो बनाउने तस्करीतन्त्र र दलाल नोकरशाहीतन्त्रलाई प्रोत्साहन गर्ने जस्ता गतिविधिमा अघि बढेको बताए । महासचिव पोखरेलले माओवादी जनताको सरकार होइन, दलाल नोकरशाहीहरूको हिमायती बनेको बताए । कार्यक्रममा वाइसीएल ललितपुर महानगरका अध्यक्ष सुजिन महर्जनसहित करीब ७० जना एमाले प्रवेश गरेको जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।