माधव नेपाल र बाबुराम भट्टराईमाथि कीर्तेमा बयान वा छानबिन केही नहुने
ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि कीर्ते सम्बन्धमा छानबिन वा बयान केही पनि नहुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा नचलाएको र कीर्ते गरेको पुष्टि हुने ठोस आधार नभेटिएकाले बयान वा कागज गराउन समेत आवश्यक नभएको निष्कर्ष सीआईबी पुगेको उच्च स्रोतले जानकारी दियो ।
‘उहाँ (पूर्वप्रधानमन्त्री)हरूमाथि अख्तियारले भ्रष्टाचारमा पनि मुद्दा चलाएको छैन । अहिले कीर्तेमा अनुसन्धान भइरहेको हो । उहाँहरूले कीर्ते गरेको भन्ने ठोस आधार पनि देखिँदैन,’ स्रोतले लोकान्तरसँग भन्यो ।
सर्वोच्च अदालतले ललितानिवास प्रकरणको छानबिन पिरामिड शैलीमा गर्न आदेश दिएपछि दुई पूर्व प्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न दबाब थियो ।तर, डा. भट्टराई र नेपालसँग बयान वा कागज केही नगरी सीआईबीले प्रतिवेदन तयार पार्न शुरू गरेको छ ।लोकान्तर


