कोशीमा सभामुख त्यागेका बाबुरामलाई माओवादीले बनायो केन्द्रीय सदस्य

काठमाडौं,१ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा दुईजना सदस्य थप गरेको छ । माओवादेले बाबुराम गौतम र अशोककुमार मण्डललाई पूर्ण केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनीग गौतम कोशी प्रदेशका निवर्तमान सभामुख हुन् । उनले मुख्यमन्त्री उद्धव थापालाई बहुमत पुर्याउन सभामुख पदबाट राजीनामा दिएका थिए । हाल उनी कोशी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका छन् ।

गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो ।

यससँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ । गत साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकमा विधान संशोधनपछि पार्टीले २४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

माओवादीले यससम्बन्धी जानकारी गराउँदै मातहतका कमिटीलाई सर्कुलर समेत पठाइसकेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।