पार्टीको कार्यक्रममा व्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्न एमालेको निर्देशन

काठमाडौं, १ भदौ । नेकपा (एमाले) ले कार्यक्रममा व्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्न र कार्यक्रमलाई भड्किलो नबनाउन पार्टी र जनसंगठनलाई निर्देशन दिएको छ ।

गत सोमबार बसेको सचिवालय बैठकले अतिथि र वक्तालाई दर्शक दीर्घमा नै मर्यादित आशनको व्यवस्था गर्ने, पार्टीको बैठकमा पार्टी अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगर्ने लगायतको निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा भनिएको छः

सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आशनग्रहण र मञ्च व्यवस्थापनको विषयः
सार्वजनिक कार्यक्रमहरुमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएको छ । कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू– संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ । कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्नेगरी अतिथी र वक्ताहरुलाई दर्शकदीर्घामा नै मर्यादित ढब्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आशनग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने निर्णय गरिएको छ । कार्यक्रममा व्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्न र कार्यक्रमलाई भड्किलो नबनाउन समेत निर्देशित गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।