सबै मिलेर देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्छ : देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई आज शुक्रवार काठमाण्डाैमा सम्बोधन गर्दै सभापति देउवाले कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीसहित सबै मिलेर देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले अहिले पार्टीका नाम जुनकुनै राखे पनि सबै पार्टी प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कर्मचारी भनेको स्थायी सरकार हो । हामी भनेको राजनीतिक पार्टी हाे, हामी आउने/जाने हो । त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो । सबै मिलेर देशलाई समृद्धितर्फ, विकासतर्फ अघि बढाउनुपर्छ ।’

सभापति देउवाले डेङ्गी सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले रोकथामका उपायहहरू अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।