पूर्वपतिसँगको सेक्स भिडियोले तनावमा यी नायिका

एजेन्सी । आजकाल कतिपय जोडी सेक्स गर्दा भिडियो खिचेर दोब्बर मजा लिन चाहन्छन् । तर, पछि त्यही भिडियो उनीहरुको लागि गलपासो बन्न सक्छ भन्ने सोच्दैनन् । बलिउड नायिका अलिशा खान अहिले टाउकोमा हात लगाइरहेकी छन् । उनलाई विगतमा खिचेको एउटा सेक्स भिडियोले अहिले टाउको दुखाइरहेको छ । उनले यो भिडियो अरु कसैसित नभएर आफ्नै पूर्वपतिसित मिलेर बनाएकी थिइन् ।

अहिले यो भिडियोलाई भाइरल गराइदिने भन्दै पूर्वपति लव कपुरले उनलाई ब्याकमेलिङ गर्न थालेका छन् । यस बारेमा अलिशाले प्रहरीमा उजुरी समेत गरेकी छन् । आफूलाई नशालु पदार्थ खुवाएर लव कपुरले सेक्स गरेको उनको दावी छ । तर, श्रीमानले श्रीमतीलाई सेक्स गर्न नशालु पदार्थ खुवाउँछ भनेर कसले पत्याउला ? यद्यपि, एसएसपी वैभव सिंहले यसमा छानविन गर्ने आदेश दिएका छन् ।

आठ वर्ष अगाडि फिल्मफेयर अवार्डका क्रममा अलिशा र लव कपुरको भेट भएको थियो । सोही भेटपछि उनीहरु नजिकिएका थिए । उनीहरुले १७ जून २०१६ मा एक मन्दिरमा बिहे गरे । बिहे दर्ता पनि गराए । हनिमुन पनि मनाए । तर, पछि लव कपुरले अलिशालाई छाडिदिए । उनीहरुबीच अहिले छोडपत्र भइसकेको छ ।

अलिशा नबाब गाजीउद्दीनको वंशज हुन् । उनले बलिउड फिल्म ‘माई हस्बेन्ड वाईफ’ र ‘डर्टी डान्सर’ मा अभिनय गरेकी छन् । अहिले भने उनको हात खाली छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖