रोनाल्डो नेतृत्वको अल नासरको लगातार दोस्रो हार

एजेन्सी । क्रिस्टियानो रोनाल्डो नेतृत्वको अल नासरले साउदी प्रो लिग फुटबलमा लगातार दोस्रो हार बेहोरेको छ ।

गएराति सम्पन्न खेलमा अल तावुनविरुद्ध अरब क्लब च्यापियन्स कपको विजेता अल नासर २–० ले स्तब्ध भयो ।

के एसयू फुटबल फिल्ड रिहादमा भएको खेलमा अल तावुनलाई सहज जित दिलाउन लेआन्द्रे तवाम्बा र अहमद बाहुसेनले १–१ गोल गरे ।

२० औँ मिनेटमा क्यामेरोनियन फरवार्ड लेआन्द्रे तावाम्बाले कर्नर किकमा हेडरमार्फत गोल गर्दै आगन्तुक टोलीलाई सुरुवाती अग्रता दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अहमद बाहुसेनले दोस्रो हाफको इन्जिुरी समयमा गोल गर्दै अल–तावुनलाई सहज जित दिलाए ।

बाहुसेनले गरेको आक्रमण अल–नासरका गोलकिपर वालिद अब्दुल्लाहको खुट्टामा लागेपनि उनले बललाई क्लियर गर्न सकेनन् । अल तावुनको पाँच खेलाडीको ब्याकलाइन र गोलकिपरले प्रस्तुत गरेको रक्षात्मक चुनौतीले अल नासरका हरेक प्रयासलाई विफल पार्‍यो । घरेलु मैदानमा अल–नासरका साडियो माने, एन्डरसन तालिस्का र मार्सेलो ब्रोजोभिक सबै गोलविहीन रहे ।

सिजनको आफ्नो पहिलो खेलमा अल इतिफाकसँग २–१ को हार बेहोरेको अल नासर अल अंकविहीन रहदै लिगको १५ औं स्थानमा छ । दुई खेलमा एक हार र एक जितसहित ४ अंक जोडेको तावुन तालिकाको चौथौँ स्थानमा छ । साउदी प्रो लिग अन्तर्गतनै गएराति सम्पन्न अन्य खेलमा अल बेहादले अल सबाबलाई ३–१ ले पराजित गर्दा अल इतिफाकले अल हाज्मलाई २–० ले पराजित गर्‍यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।