पूर्वमुख्यमन्त्री भन्छन्- रवि र बालेन कस्मेटिक लिडर हुन्
काठमाडौं- कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसद रवि लामिछाने र मेयर बालेन शाह देशको समस्या समाधानको विकल्प नभएकाे बताएका छन्।
सामाजिक सञ्जालमार्फत् पूर्वमुख्यमन्त्री कार्कीले यस्ताे टिप्पणी गरेका हुन्। उनले दुवैजना कस्मेटिक लिडर भएकाे र चाँडै नै सबैकाे भ्रम समयले सफा गर्ने पनि बताएका छन्।
‘माननीय रवि लामिछाने र मेयर बालेन शाहहरू भनेको देशको समस्या समाधानको विकल्प होइन। मात्रै कस्मेटिक लिडर हुन्, उनीहरू प्रचारात्मक र पपुलिष्ट क्यारेक्टर हुन्! हाम्रो भ्रम हामी वा समयले सफा गर्ने छ! धन्यवाद’, कार्कीले ट्वीटरमा लेखेका छन्।


