विमलेन्द्र निधि – स्थानीय तहको अधिकारमा पनि केन्द्रबाटै निर्देशन दिने मानसिकता छ

१२ भदौ, काठमाडौं । नेपाली का‌ंग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा कांग्रेसका नेता प्रदीप गिरिको स्मृति दिवसको कार्यक्रममा उनले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भएपनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकता नेतृत्व वर्गमा देखिएको बताए ।

‘स्थानीय तह, प्रदेशलाई अधिकार दिइएको छ भनेपनि सीडिओ र एसपीलाई अधिकार दिइएको छ भनेपनि सचिव र आईजीपीले अथवा गृहमन्त्री वा प्रधानमन्त्रीले त्यो अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट अहिले पनि हामी निर्देशित छौं’ उनले भने ।

नेता निधिले अवशिष्ट अधिकार तल्लो तहमै राख्न पहल गर्दा कांग्रेसकै नेताहरु पनि नमानेको बताए ।

‘अवशिष्ट अधिकार भनेको त, सार्वभौम सत्ता जसमा निहित हुन्छ, त्यो निहित अधिकारको तह जनतामा हुन्छ । त्यसैले तल्लो निकायमा हुनुपर्छ भनेर लेख्नुपर्छ भन्ने उहाँ (प्रदीप गिरि), म पनि । तर संविधानमा लेख्न नेपाली कांग्रेसका कुनै पनि नेताले मानेनन्’ उनले भने, ‘किनभने आफूमा राख्न चाहन्छन् नि सबै अधिकार त । लेखिएको अधिकारको प्रयोग केन्द्रीय तहबाट हुनुपर्छ भन्ने अहिले पनि छ ।’

नेता निधिले गिरिको व्यक्तित्व बहुप्रतिभाशाली रहेको उल्लेख गर्दै उनको जीवन राजनीतिकर्मीका लागि प्रेरणादायी भएको बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।