नेपाल र भारतबीचको खेलको भिभिआईपी र भिआईपी सबै टिकट सकिए

एजेन्सी – नेपालले दुई सातापछि एसिया कपमा भारतसँग खेल्ने खेलको भिभिआईपी र भिआईपी सबै टिकट सकिएका छन् । नेपाल र भारतबीचको खेल श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ ।

उक्त रंगशालाको दर्शक क्षमता ३५ हजार छ । पाकिस्तान क्रिकेट बोर्डले बिक्रीमा राखिएका भिभिआईपी लेभल बी र ए दुबैका टिकट सकिएको जनाएको छ । उक्त भिभिआईपी स्थानको लागि टिकट मूल्य ५० डलर (६ हजार ६ सय ५० रुपैयाँ) राखिएको थियो । सबै टिकट सोल्ड आउट भएका छन् ।

भिआइपी ए र बी लोवेर ४० डलर (५ हजार ३ सय १९) रुपैयाँ राखिएको थियो । ए र बी दुबै भिआईपी टिकट सोल्ड आउट भएका छन् ।

पिसिबीले बिक्रीमा राखेका भिभिआईपी र भिआईपी दुबै टिकट सकिएका हुन् । अव नेपाल र भारतबीचको खेल हेर्न १० डलर (१३ सय ५० नेपाली रुपैयाँ) का झण्डै १६ सय टिकट मात्रै बिक्रीमा छन् ।

नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट स्टेडियममा भदौ १३ (आगष्ट ३०) मा हुनेछ । पाकिस्तानले नेपालसँगको खेलको लागि ८ विभिन्न स्थानको लागि टिकट राखेको थियो । जसमा चार स्थानको टिकट सकिएको छ । नेपाल र पाकिस्तानबीचको खेलको लागि अव चार स्थानमा ३४ सय १२ टिकट बिक्री हुन बाँकी छन् ।

नेपाल र पाकिस्तानबीचको खेल हेर्न टिकट मूल्य २ देखी १६ डलर सम्म राखिएको छ । एसिया कप अगष्ट ३० देखी १७ सेप्टेम्बरसम्म श्रीलंका र पाकिस्तानमा हुनेछ । नेपाली टोली अर्को साता पाकिस्तान जाने तयारी गरेकोछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।