सुवास नेम्वाङ – संविधानले संसद अवरोध गर्न अनुमति दिएको छैन

काठमाडौं। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको अवरोध नियमसंगत नरहेको बताएका छन्।

संघीय संसद सचिवालयले शनिबार काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा बोल्दै नेम्वाङले संविधानले अवरोध गर्ने कुरालाई अनुमति नदिएको र नियमले पनि अवरोधको कल्पना नगरेको भन्दै संसदको अवरोध नियमसंगत नरहेको बताएका हुन्।

नियमसंगत नहुदा राजनीतिकरुपमा गरिने अवरोधको औचित्य पुष्टि गर्ने जिम्मेवारी सम्बन्धीत दलको भएको उनले बताए। नेम्वाङले बहुमत नभएको दलले सरकारले आफ्नो कुरा नसुनेपछि राजनीतिक रूपमा संसद् अवरोध गर्ने गरेको धारणा राखे।

उनले जनताले जनताका लागि बनाएको संविधानको सफल कार्यान्वयनका लागि सवै दलहरु पनि गम्भीर हुनुपर्ने बताए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।