एसिया कप : आगोमा हिँडेर प्रशिक्षण गर्दै बंगलादेशी ओपनर

काठमाडौँ । एसिया कप अगस्ट ३० बाट सुरु हुँदैछ । पहिलो खेल नेपाल र पाकिस्तानबीच हुनेछ ।

यसका लागि सबै टोलीले तयारी पनि थालेका छन् । धेरै खेलाडीहरू ठूला प्रतियोगिताहरू अघि आफ्नो ब्याटिङ वा बलिङमा काम गर्छन् । धेरै खेलाडीहरूले आफ्नो फिटनेसका लागि विभिन्न व्यायाम पनि गर्छन् ।

तर एसिया कप अघि एक बंगलादेशी क्रिकेटरले यस्तो काम गरेका छन् जुन देखेर तपाईं छक्क पर्नुहुनेछ । वास्तवमा उनी आगोमा हिँडिरहेको देखिन्छ।

टिमका सोसल मिडिया म्यानेजरले आफ्नो एक्स (ट्विटर) अकाउन्टबाट एउटा भिडियो पोस्ट गरेका छन् । जसमा बंगलादेशका ओपनर नइम शेख आगोमा हिँडिरहेका देखिन्छन् । यस क्रममा उनीसँग एक जना माइन्ड ट्रेनर पनि उपस्थित छन् ।

नइमलाई एसिया कपका लागि टोलीमा स्थान दिइएको छ । उनी शाकिब अल हसनको कप्तानीमा देखिनेछन् । नइमले बङ्गलादेशका लागि हालसम्म ४ एकदिवसीय, १ टेस्ट र ३५ टी–२० खेलमा क्रमशः १०, २४, ८१५ रन बनाएका छन् । बंगलादेशले अहिलेसम्म इतिहासमा एक पटक पनि एसिया कपको उपाधि जित्न सकेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।