किन आए बलिउड अभिनेता साहिल खान काठमाडौं?

काठमाडौँ । भारतीय अभिनेता तथा फिटनेस ब्यवसायी साहिल खान शनिबार नेपाल आइपुगेका छन् । राजधानीमा आयोजना गरिएको शारीरिक सुगठन प्रतिस्पर्धा ‘नरेश सूर्य क्लासिक नेपाल’मा सहभागि हुन उनी काठमाडौं आइपुगेका हुन् ।

स्टाइल, एक्सक्युज मी, डबल क्रस, यही हे जिन्दगी, अलादीन जस्ता फिल्मका अभिनेता खानले नेपाल आउँदा आफुलाई खुशि लागेको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ को फाइनलमा सहभागी भएर उनी आइतबार भारत फर्कने तयारी छ ।

खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा अन्य विभिन्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्ति पनि आएका छन् । इन्डियाको फ्रेन्चाइजी समेत रहेको यो प्रतिस्पर्धामा डेढसयजना नेपाली पनि सहभागि छन् ।

विजेताले नगद दुई लाख पचास हजार प्राप्त गर्नेछन् । यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरुको समेत सहभागिता रहेको खरेलले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।