उदाउँदा मिडफिल्डर कुशल इङ्ल्यान्ड प्रस्थान गर्दै

काठमाडौं । उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका युवा फुटबलर कुशल फुयाल इङ्ल्यान्ड प्रस्थान गर्दैछन् ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोटका लागि बोलाइएको ३३ सदस्यीय प्रारम्भिक टोलीमा रहेका कुशल शुक्रबार राति १ बजेको फ्लाइटमार्फत इङ्ल्यान्ड जान लागेका हुन् ।

कुशलले जेठमा सम्पन्न कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग मा कुपन्डोलको फ्रेन्ड्स क्लबबाट खेलेका थिए । रेलिगेसनबाट जोगिन अन्तिम खेलसम्म संघर्ष गरेको फ्रेन्ड्स क्लबका लागि कुशल र उनका मिडफिल्ड सहकर्मी सन्तोष खत्रीको प्रदर्शनले सबैको मन जितेको थियो ।

लिगमै गरेको प्रदर्शनका आधारमा कुशलसँगै सन्तोषलाई राष्ट्रिय टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले ३३ सदस्यीय प्रारम्भिक टोलीमा बोलाएका थिए । तर छनोट प्रतियोगिता सुरु हुन दुई महिनाभन्दा कम समय रहेको स्थितिमा कुशल इङ्ल्यान्ड प्रस्थान गर्न लागेका हुन् ।

उनका नजिकका स्रोतका अनुसार कुशल पढाईका लागि इङ्ल्यान्ड जाँदैछन् ।

कुशलले २०१९ मा नेपालमै भएको य-१८ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिप खेलेका थिए । साेही वर्ष कुशलको प्रेरणादायी प्रदर्शनमा विभागिय टोली नेपाल पुलिस क्लब ललित स्मृति प्रतियोगितामा उपविजेता बनेको थियो । त्यही प्रदर्शनका आधारमा कुशल यु-१८ राष्ट्रिय टोलीमा परेका थिए ।

पुलिसपछि कुशल मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भए । मनाङमा अधिकांश समय बेन्चमै बसेका कुशलले २०७८ को लिगमा च्यासलबाट शीर्ष डिभिजनमा डेब्यू गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।