वडाध्यक्षलाई कार्यबाहक दिएर विदेश हिँडे अध्यक्ष

काठमाडौ । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएका छन् । वडाध्यक्षलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएर राई जापान भ्रमणमा निस्किएका हुन् ।

राईले विदेश भ्रमणको अघिल्लो दिन कमल गाउँपालिका वडा नं. २ का अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक दिएका हुन् ।

कांग्रेसबाट निर्वाचित अध्यक्ष राईले नेकपा समाजवादीबाट निर्वाचित सुब्बालाई अख्तियारी दिएका छन् । उपाध्यक्ष प्रमिला न्यौपानेले नेकपा एमालेबाट निर्वाचित हुन् ।

उपाध्यक्ष न्यौपानेले कार्यपालिकामा आफूहरूको बहुमत भएकोले आज बैठक गरेर यसबारे निर्णय गर्ने बताइन् । ‘अध्यक्ष नहुँदा उपाध्यक्षलाई कार्यबाहक जिम्मेवारी दिने व्यवस्था छ । त्यो मेरो अधिकार पनि हो,’ उनले भनिन्, ‘उपाध्यक्ष नहुँदा मात्रै अरुलाई दिने हो । उहाँले किन त्यसो गर्नुभयो मलाई पनि अचम्म लागेको छ । हामीबीच कुनै विवाद पनि थिएन । कार्यपालिका बैठक बस्दै छौं । कार्यपालिकामा हाम्रो बहुमत समेत छ । बैठक बसेर केही निर्णय गर्छौं ।’

उनले वडाध्यक्षलाई कार्यबाहक दिने अध्यक्षको कदमविरुद्ध आफू अदालत जान लागेको समेत बताइन् । ‘उहाँले नियमविपरीत वडाध्यक्षलाई कार्यबाहक दिनुभएको छ । म उहाँको कदमविरुद्ध हदालत जाने तयारीमा छु,’ उनले भनिन्, ‘आजै वा भोलिसम्म रिट दायर गरेर स्टे अर्डर लिएर आउँछु ।’

भदौ १ गतेदेखि कार्यबाहकको जिम्मेवारी दिइएको पत्रमा मिति भने ‘मिस्टेक्ली’ साउनको लेखिएको उनले बताइन् । -लोकान्तर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।